मौसम पूर्वानुमान : देशका विभिन्न स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । हाल नेपालमा भारतको मध्यप्रदेश र विधार्वा आसपास अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको हुँदा देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।