च्याम्पियन्स लिग ड्र: म्यानचेस्टर सिटी र पीएसजी एउटै समूहमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी  । अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगको समूह चरणमा युरोपेली फुटबलका दुई ठूला टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) र म्यानचेस्टर सिटी एकै समुहमा पर्ने भएका छन् ।

च्याम्पियन्स लिगको विहीबार सम्पन्न समूह चरणको ड्रमा फ्रान्सेली टोली पिएसजी र इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी एकै समूहमा परेका हुन् । त्यस्तै साविक विजेता चेल्सीले इटालियन क्लब युभेन्टसको सामना गर्नेछ । जर्मन च्याम्पियन बायर्न म्युनिखले बार्सिलोनाको सामना गर्नेछ ।

समूह एः म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन, लाइप्जिग, क्लब ब्रुग

समूह बीः एटलेटिको म्याड्रिड, लिभरपुल, पोर्टो, एसी मिलान

समूह सीः स्पोर्टिङ लिस्बन, बोरुसिया डर्टमुन्ड, आयाक्स, बेसिक्टास

समूह डीः इन्टर मिलान, रियल म्याड्रिड, शाख्तर डोनेस्क, शेरिफ

समूह ईः बायर्न म्युनिख, बार्सिलोना, बेन्फिका, डिनामो किएभ

समूह एफः भिल्लारियल, म्यानचेस्टर युनाइटेड, एटलान्टा, योङ ब्वाइज

समूह जीः  लिल, सेभिया, साल्ज्बर्ग, वल्फ्सबर्ग

समूह एचः  चेल्सी, युभेन्टस, जेनिट, माल्मो

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।