देउवाप्रति शेखर कोइरालाको आक्रोश : पार्टी कब्जा गर्ने योजना दिवास्वप्न मात्रै हुनेछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा धाँधली गरेर पार्टी कब्जा अभियानमा लागेको बताएका छन्। 

पार्टी क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न मागसहित मंगलबारदेखि पार्टी मुख्यालय सानेपामा धर्ना थालेका जिल्ला सभापतिहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘क्रियाशील सदस्यता खोज्दै यसरी धर्ना बस्नु दुःखका साथ भन्नुपर्छ हाम्रा लागि राम्रो क्षण होइन । क्रियाशील सदस्यमा आफ्नो नाम छ कि छैन भनेर धर्ना बस्नुपरेको छ । यो त निर्वाचनको आधारभूत कुरा हो ।’

क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्न दिइएको पटक-पटकको दबाबलाई पनि पार्टी नेतृत्वले बेवास्ता गरिरहेको उनले बताए । 

डा.कोइरालाले अगाडि भने, ‘नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय नेतृत्वले यो कुरा सुनिरहेका छैनन् । साधारण कार्यकर्ताहरूले जिल्ला गाउँमा बसे आफ्नो नाम हेर्न चाहेका छन् । यो माग राखेर सभापतिहरूले धर्ना सुरु गर्नु भएको छ ।’

कोइरालाले क्रियाशील सदस्यतामा सूचीमा सभापति देउवाकै नाम रहे नरहेको टुंगो नभएको बताए । ‘केन्द्रीय सभापति (शेरबहादुर देउवा) लाई सोध्छु क्रियाशील सदस्यतमा उहाँको नाम छ ?, उनले सोधे, ‘मेरै नाम छ कि छैन क्रियाशील सदस्यमा थाहा छैन ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।