माओवादीको स्थायी कमिटी बस्दै, यी हुन एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक बोलाएको छ । 

बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो । बैठकमा केन्द्रीय समितिबाट पारित निर्णयका विषयमा छलफल हुने बताइएको छ । 

केहीदिन अघि सम्पन्न माओवादीको केन्द्रीय कमिटी बैठकले पुस १३—१५ मा राष्ट्रिय भेला गर्ने प्रचण्डको प्रस्ताव पारित गरेको थियो। 

यस्तै, २२ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको थियो। तत्कालीन नेकपा हुँदा २०० केन्द्रीय सदस्यमध्ये केही एमालेमा प्रवेश गरेका र अन्य विविध कारणले रिक्त भएका केन्द्रीय सदस्य हप्ता दिनभित्रै थप गर्न स्थायी समितिलाई जिम्मा दिने बैठकले निर्णय गरेको थियो। 

त्यसमा युवासहित समानुपातिक समावेशीका आधारमा थपिने भनिएको छ। प्रदेश समितिहरुका केही रिक्त पदाधिकारीसमेत तत्काल थप गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो। 

केन्द्रीय कमिटी बैठकले जिल्ला समितिहरू खारेज गरेको थियो। अब जिल्ला समन्वय समिति बनाउने माओवादीको योजना छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।