माधव नेपालको पार्टीको नाम फेरियो, नेकपा एकीकृत समाजवादी रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । एमालेबाट विभाजित भएको  माधवकुमार नेपाल समूहको पार्टीको नाम नेकपा एकिकृत समाजवादी प्रस्ताव गरिएको छ । 

यसअघि नेकपा एमाले समाजवादी नाम राखिएकोमा अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन्। 

शुक्रबार नेपाल पक्षले पार्टीको नयाँ नाम राखेर निर्वाचन आयोगमा निवेदन दिएको छ। नेपाल पक्षको निवेदन दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

यसअघि नेपाल पक्षले २ भदौमा नेकपा (एमाले समाजवादी) पार्टी दर्ताका लागि निवेदन दिएको थियो। त्यो नाम नेकपा (एमाले)सँग मिल्दोजुल्दो भएको भन्दै आयोगले नयाँ नाम दिन सूचना दिएको थियो।

त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पनि त्यो नाम दर्ता नगर्न आयोगलाई आग्रह गरेको थियो। त्यसका लागि दवाव दिन एमाले नेताहरू आयोगमा पुगेका थिए।

यससँगै जसपासँग मिल्दोजुल्दो नाम भएपछि महन्थ ठाकुरले पनि आफ्नो पार्टीको नाम फेर्ने भएका छन्। त्यसका लागि ठाकुर पक्षका नेता निर्वाचन आयोग पुगेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।