नेपाली कांग्रेस आत्मघाती बाटोमा हिड्यो : कमल थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाली कांग्रेस आत्मघाती र फोहरी बाटोमा हिँडेको बताएका छन्। 

देउवा नेतृत्व्काे सरकारले ल्याएको दलविभाजनसम्बन्धी अध्यादेशले राजनीतिक अस्थिरता बढाउने उनले बताएका हुन्। 

नेपालको संविधानको धारा ७६ (५) प्रयोग गर्दा सांसद निर्दलीय हुन पाउने सर्वोच्च अदालतको व्याख्या र गठबन्धन सरकारको अध्यादेशले दलीय प्रणाली नै कमजोर हुने र राजनीतिक अस्थिरता बढाउने निश्चित रहेको उनले बताएका छन्।

उनले ट्वीटमा लेखेका छन्, ‘संविधानको धारा ७६(५)प्रयोग गर्दा सांसद निर्दलीय हुनपाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र(?)गठबन्धन सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने र  राजनीतिक अस्थिरता बढाउने निश्चित छ।

कंग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो। यो शुभ संकेत होइन ’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।