माधव नेपालको नयाँ पार्टीको नाम– नेकपा एमाले (समाजवादी) !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माधव कुमार नेपाल समूहले नयाँ दलको नाम नेकपा एमाले समाजवादी छनोट गरेका छन्।

तर, यो नै नेपाल समूहको पार्टीको नामको अन्तिम विकल्प होइन । योसँगै नेपाल समूहका नेताहरुले पार्टीका अरु नाममाथिका विकल्पबारे पनि छलफल गरेका छन् । छलफलमा आएअनुसार नेकपा समाजवादी, नेकपा एमाले (क्रान्तिकारी), नेकपा क्रान्तिकारी पनि यो नयाँ दलका विकल्पहरु हुन सक्ने बताइएको छ ।

पार्टीको चुनाव चिन्हबारे पनि छलफल सुरु गरिएको तर के राख्ने भन्नेबारे अहिलेसम्म टुंगोमा नपुगिएको ती नेताले जानकारी दिएका छन् ।

मंगलबार नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएलगत्तै नेपाल समूह निर्वाचन आयोग जाने तयारीमा रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।