अफगानिस्तानबाट थप ८७ जना नेपाली काठमाडौं ओर्लिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अफगानिस्तानबाट नेपाल आइपुग्नेको संख्या २०५ पुगेको छ । उद्धार गरी कुवेत पुर्‍याइएका थप ८७ जना नेपाली काठमाडौं आइपुगेका छन् ।

गए राति ११ बजे जजिरा एयरमाफर्त कुवेतबाट ८७ जना नेपाली काठमाडौं आइपुगेका हुन्। हिजो बिहान जजिरा एयरमार्फत नै ११८ जना नेपाली काठमाडौं अवतरण गरेका थिए ।

स्वदेश आइपुगेकाहरूलाई पिसिआर परीक्षण गरी घर पठाउने बताइएको छ । हालसम्म २०५ नेपाली स्वदेश फर्किएका छन् । अन्य नेपालीलाई पनि ल्याउने तयारी भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।