तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्न सकिने पौडेल पक्षको निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४ औँ महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ । 

सोमबार महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बसेको बैठकले अझै १ महिना समय बाँकी रहेकाले महाधिवेशन गर्न सम्भव रहेको निष्कर्ष निकालेको हो।  

बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले महाधिवेशनका लागि साढे पाँच बर्ष भन्दा बढी समय नदिएकाले भदौ भित्र महाविधेशन सम्पन्न गनुपर्नेमा आफूहरु एकमत रहेको जानकारी दिए। 

‘कार्यतालिकामा व्यवधान आएर अड्किएका छौं। तर, अझै  एक महिना समय छ। अझै पनि महाधिवेशन गर्न सकिन्छ,’ उनले भने, ‘सविधानले साढे पाँच बर्ष भन्दा बढी समय दिएको छैन। यस्तो अवस्थामा पार्टीको वैधानिकता कसरी जोगाउने भनेर हामीले छलफल गरेका छौं।’ उनले इमान्दारितापूर्वक प्रयास गरे महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउन सकिने बताए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।