एमालेको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेकपा (एमाले) आफ्नो लोगो परिवर्तन गर्ने गरी विधान संशोधन प्रस्ताव तयार गरेको छ।

सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले अहिलेको लोगोलाई परिवर्तन गर्ने गरी विधान संशोधन प्रस्ताव तयार गरेको हो।

एमालेको अहिलेको लोगोमा सूर्य चिह्नभित्र हँसिया हथौंडा र अंग्रेजीमा ‘सीपीएन यूएमएल’ उल्लेख छ। सूर्य चिह्नभित्र हँसिया हथौंडा राखेर समयक्रमसँगै लोगोलाई आकर्षित र कलात्मक बनाउनका लागि परिमार्जन गर्ने प्रस्ताव गरिएको एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए।

त्यस्तै, एमालेले आफ्ना कार्यक्रममा राष्ट्रिय गान र राष्ट्रिय झण्डा अनिवार्य राख्ने गरी विधान संशोधनका लागि प्रस्ताव गरेको छ।

गणतन्त्र स्थापनापछि एमालेका कार्यक्रममा राष्ट्रिय गान बजाउने र झण्डा राख्ने अभ्यास गरिँदै आएको भए पनि विधानमा व्यवस्था थिएन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।