प्रतितोला १५०० घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १५०० रुपैयाँ घटेको छ ।

शुक्रबार प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज १५०० रुपैयाँ घटेर प्रतितोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला ८९ हजार ५५० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य पनि घट्यो । आज चाँदीको मूल्य २५ रुपैयाँ घटेर प्रतितोला १२४० रुपैयाँ कायम भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।