काठमाडौं ।जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा चीन ३४ स्वर्ण पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ।
चीनले हालसम्म ३४ स्वर्ण, २४ रजत र १६ कास्य पदक प्राप्त गरेको छ। पदक तालिकाको दोस्रोमा अमेरिका तथा तेस्रो स्थानमा जापान रहेका छन्।
अमेरिकाले २९ स्वर्ण, ३५ रजत र २७ कास्य पदक प्राप्त गरेको छ भने जापानले २२ स्वर्ण, १० रजत र १४ कास्य प्राप्त गर्न सफल भएको छ।
यस्तै, अस्ट्रेलिया १७ स्वर्ण, ५ रजत र १९ कास्य पदकका साथ चौथों स्थानमा उक्लिएको छ भने रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचौं स्थानमा छ। उसले १६ स्वर्ण, २२ रजत र २० कास्य पदक प्राप्त गरेको छ।
बेलायत १६ स्वर्ण, १८ रजत र १७ कास्यसहित पदक तालिकाको छैटौं स्थानमा छ।
टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८१ देशले पदक प्राप्त गर्न सफल भएका छन्।
Comment