भदौ २४ पछि केन्द्रीय समितिको वैधानिकता सकिन्छ : रामचन्द्र पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले समयमा नै महाधिवेशन गर्न नसके केन्द्रीय समितिको वैधानिकता समाप्त हुने बताएका छन् ।

पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल समूहको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै  उनले संवैधानिक रुपमा पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने व्यवस्था भएकाले भदौ २३ पछि पार्टीको वडादेखि केन्द्रीय तहसम्मको कार्यसमितिको वैधानिकता नरहने बताएका हुन्।

उनले समयमा नै महाधिवेशन गर्नका लागि अहिल्यैबाट गृहकार्य सुरु गर्नुपर्ने बताएका छन् । उनले भने, ‘अहिले नै हुँदैन भन्न सकिँदैन । ट्राइ त गर्नु पर्यो । सुरु गर्नुपर्‍यो ।  निर्वाचन समितिले प्रक्रिया छोट्याएर पनि गर्न सक्छ ।’

आज वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी र मिनेन्द्र रिजालबीच छलफल भएको थियो।

नेताहरुको ढिलासुस्तीका कारण काँग्रेसको महाधिवेशन समयमा नै नहुने निश्चित भइसकेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।