यी हुन् मदन पुरस्कार २०७७ का लागि छानिएका ९ पुस्तक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।मदन पुरस्कारका लागि ९ वटा पुस्तक छानिएका छन् । 

२०७७ सालको मदन पुरस्कारका लागि २२२ पुस्तकमध्ये ९ वटा पुस्तक छनोटमा परेको मदन पुरस्कार गुठीले जानकारी दिएको छ । 

छनोटमा परेका पुस्तकमा  एकलव्यको देब्रे हात, करिया, कल्प-ग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गे, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) रहेका छन् । 

गुठीका अनुसार  अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनोटको एउटा आधार बनाइएको थियो । छनोटमा परेका यी पुस्तकहरूमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।