टोकियो ओलम्पिक: गौरिका बाहिरिन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टोकियो ओलम्पिकमा नेपालकी पौडीबाज गौरिका सिंह पहिलो चरणबाटै बाहिरिएकी छन् ।

टोकियो एक्वेटिक एरिनामा बुधबार महिला १०० मिटर फ्रि-स्टाइलमा १ मिनेट शून्य दशमलव ११ सेकेन्डको समय निकाल्दै गौरिका ४ खेलाडी रहेको हिट वानको तेस्रो स्थानमा रहिन् । 

निकै अपेक्षा गरिएको भए पनि उनले आफ्ना नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई भने पछ्याउन सकिनन् ।

गौरिकाले १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा ५८.१३ को समय निकाल्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । 

५१ खेलाडी रहेको हिट चरणबाट उत्कृष्ट समय निकाल्ने १६ जनाले सेमिफाइनलमा स्थान बनाउन सके । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।