घर जग्गा बाहेकका स्थिर सामाग्री खरिद-बिक्री गर्दा बीमा समितिको स्वीकृति लिनु नपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बीमा कम्पनीहरुले कार्यालय प्रयोजनका लागि आवश्यक पर्ने घरजग्गाबाहेकका स्थिर सम्पत्ति खरिदबिक्री गर्दा बीमा समितिको स्वीकृति लिनु नपर्ने भएको छ।

समितिले सबै बीमा कम्पनीहरुलाई परिपत्र गर्दै बीमकहरुले अबदेखि कार्यालय प्रयोजनका लागि आवश्यक पर्ने घरजग्गाबाहेकका स्थिर सम्पत्ति खरिदबिक्री गर्दा स्वीकृति लिनु नपर्ने जानकारी गराएको हो।

कम्पनीहरुले आफ्नो नेटवर्थको बढिमा ३० प्रतिशत भित्र रहि सञ्चालक समितिबाट स्वीकृत गरेको बजेटको सीमा भित्र रहेर उनिहरुले स्थिर सम्पत्ती खरिद बिक्री गर्न पाउनेछन् ।

समितिको यस्तो सर्कुलर जारी गरेसँगै बीमा कम्पनीहरुले सञ्चालक समितिबाट निर्णय गरेर कार्यालयको लागि आवश्यक सवारी साधन लगायत फर्निचरजस्ता सम्पत्तिहरु सहजै खरिद गर्न सकिनेछ।

कम्पनीहरुले बीमितको पैसा दुरुपयोग गरेको भन्दै समितिले माइक्रोम्यानेजमेन्ट गर्दै आएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले आफ्नो व्यक्तिगत प्रयोगनका लागि पनि गाडि खरिद गरेर दुरुपयोग गरेको भन्दै समितिले गाडि खरिदमा कडाइ गर्दै आएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।