एचआइडीसीएलको शतप्रतिशत हकप्रद शेयर विक्री खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले १०० प्रतिशत हकप्रद शेयर खुला गरेको छ । प्रति कित्ता १ सय रुपैयाँ मूल्य तोकी ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता शेयर बिक्री गर्न लागेको हो ।

हकप्रद निष्काशनका लागि कम्पनीले जेठ २८ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्। हकप्रद सेयर भर्न पाउने म्याद साउन २५ गतेसम्म रहेको छ ।

यसमा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा आवेदन दिन सकिने छ ।

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । गत चैत १२ गते हकप्रद निकाष्सनका लागि बोर्डमा निवेदन दिएको कम्नपीले दुई महीनाभित्र स्वीकृति पाएको हो ।

यस अघि पनि बोर्डमा निवेदन दिएको कम्पनीले लामो समयसम्म आवश्यक कागजात नबुझाएको भन्दै बोर्डले कम्पनीको निवेदन पाइपलाइनबाट हटाएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।