ओली पक्षका सांसद प्रेम आलेद्वारा देउवालाई विश्वासको मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद प्रेम आलेले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। 

आलेलेसँगै किसान श्रेष्ठ, गोपाल बमलगायतले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको नेपाल पक्षका सांसद मेटमणी चौधरीले बताए ।  उनीहरु एमालेको केपी शर्मा ओली निकट नेता मानिन्छन् । प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्री देउवाले राखेको विश्वासको प्रस्तावमाथि मतदान हुँदा उनले पनि पक्षमा मत दिएका हुन्।

ओली पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो। आइतबारै बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले देउवालाई मत दिनेहरु एमालेमा नरहने बताएका थिए।

माधव नेपाल पक्षका केही सांसदहरु भने संसद भवनबाट बाहिरिएका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।