ओलीले यस्तो गर्ने थाहा पाएको भए किन लान्थेँ पार्टी एकता प्रस्ताव : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूले देशमा कम्युनिष्टको बलियो उपस्थिति बनाउन नेकपा एमालेसँग माओवादीको एकता प्रस्ताव लगेर आफूले गम्भीर गल्ती गरेको बताएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा आइतवार संसदमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्। 

‘मैले मुलुकमा कम्युनिष्टको बलियो उपस्थिति देखाउन एमालेसँग माओवादीको एकता गरेँ तर केपीजीबाट धोका दिनु भयो,’  एमाले अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै प्रचण्डले भने ।

आइतबार जारी पुनः स्थापित प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । पार्टीभित्र ओलीले काम गर्न नपाएपछि प्रतिनिधिसभा विघटन गर्न लोकतान्त्रिक अभ्यास नभएको प्रचण्डको ठम्याइ छ ।

‘आज बस्ने यो बैठकमा पनि उहाँ ९ओली० आउनुहोला भन्नेमा म ढुक्क थिएँ । तर उहाँ यहाँ आफैं उपस्थित हुनु भएन,’ प्रचण्डले भने, ‘मैले एमालेका प्रमुख सचेतकलाई ओली आउनु हुन्न रु भनेर सोध्दा सचेतकबाट ओली आउँदै हुनुहुन्छ भन्ने जवाफ पाएँ तर ओली आउनु भएन ।’

विगतको अनुभवका आधारमा संविधानमा धारा ७६ को उपधारा ५ को व्यवस्था गरिएको प्रचण्डले स्मरण गराए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।