साइत पारेर प्रधानमन्त्री शेरबहादुर देउवा सरे बालुवाटार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा साइत पारेर आज (शुक्रबार) बालुवाटार (सरकारी निवास) सरेका छन्। 

उनी शुक्रबार बिहान ९:५७ बजेको शुभ साइत पारेर बूढानीलकण्ठ (निजी निवास) बाट बालुवाटार सरेका हुन्।

सर्वाेच्च अदालतले यही असार २८ गते प्रतिनिधि सभा पुनःस्थापनासहित गरेको फैसलाअनुसार गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका सभापति देउवा आजबाट सरकारी निवासमा बस्ने भएका हुन्।  

आफूले गरेको प्रतिनिधि सभा विघटन सर्वाेच्च अदालतले असंवैधानिक ठहर गरेपछि सत्ताच्युत भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत बुधबार बालुवाटार छाडेर भक्तपुरको बालकोट (निजी निवास) गएका थिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।