काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवम् प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी० का गतिविधिबारे बुधबार सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै उनले त्यस्तो निर्देशन दिएका छन्।
बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी उपस्थित थिए।
देउवा नेतृत्वको सरकारले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाउने निर्णय गरेको थियो।
मंगलबार कार्यभार सम्हालेपछि प्रधानमन्त्री देउवाले राखेको पहिलो मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको थियो।
Comment