शपथपछि प्रधानमन्त्री देउवालाई पहिलो बधाई माधवकुमार नेपालको

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएका छन् । शितलनिवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री देउवाले आज ८ः२५ बजे सपथ लिएका हुन् ।

सपथ लिएलगत्तै बधाई तथा शुभकामना ग्रहण गर्दा सुरुमा प्रधानमन्त्री देउवालाई नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले दिएका थिए । देउवाले सामाजिक दूरी कायम गर्दै बधाई ग्रहण गरेका थिए ।

नेता नेपालले बधाई दिने क्रममा हात नै अघि बढाएका थिए । देउवाले माधव नेपालबाहेक अरु नेतासँग हातमात्रै जोडेर नमस्कार गर्दै बधाई तथा शुभकामना ग्रहण गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।