एमाले स्थायी कमिटी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाएका हुन् । 

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । 

पार्टीभित्र देखा परेका विवाद समाधान गर्न कार्यदलले आइतबार १० बुँदे सहमति गरेको थियो। त्यो सहमतिलाई स्थायी कमिटीले अनुमोदन गर्ने तयारी छ।

तर वरिष्ठ नेता माधवकुमार नेपाल समूहभित्र कार्यदलले गरेको उक्त सहमतिबारे असन्तुष्टि छ।

यसबारे नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आजै भर्चुअल रूपमा हुने नेताहरूले बताएका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।