झिनो अंकले बढ्यो शेयर बजार, ८ अर्ब ६ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। केही दिनदेखि लगातार ओरालो लागेको शेयर बजार लयमा फर्किएको छ ।

अघिल्लो साता ओरालो लागेको बजारमा यो साताको कारोबारको पहिलोदिन भने उच्च अंकले बढेको हो । यसदिन नेप्से ७४.७१ अकले बढेर २८९९.८२ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२५ कम्पनीको ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाँ बराबरको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर किनबेच भएका छन् ।

यस दिन सबै समूहहरु बढेका छन्। बैंकिङ ४४ अंक, ब्यापार ५७, होटल तथा पर्यटन ७१, विकास बैंक ३५५, जलविद्युत ७६, फाइनान्स १८१, निर्जीवन बीमा ३५५, उत्पादन ९३, जीवन बीमा ४९८, अन्य ९ र माइक्रोफाइनान्स समूह १३२ अंकले बढेका छन्।

२५ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । नेप्सेका अनुसार आज अधिकांश फाइनान्स कम्पनीको शेयरमूल्यमा बृद्धि भएको छ ।

शेयरमूल्य बढ्ने कम्पनीहरुमा गोर्खाज फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, मल्टीपर्पोज फाइनान्स कम्पनी, समृद्धी फाइनान्स कम्पनी, प्रोग्रेसिभ फाइनान्स कम्पनी, बेष्ट फाइनान्स कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी, पोखरा फाइनान्स कम्पनी, नेपाल फाइनान्स कम्पनी, गुडविल फाइनान्स, आइसीएफसी फाइनान्स कम्पनी र जानकी फाइनान्स कम्पनी रहेका छन् ।

त्यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४० करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नबिल बैंक साढे २५ र नेपाल बैंक २४ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।