काठमाडौं। पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक बालक वेपत्ता भएका छन्।
पहिराेमा आकाश तामाङ, नरबहादुर राना, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पुरिएको प्रहरीले जानकारी दिएकाे छ।
पहिरोमा परी तिनाउ–५ का ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा मृत्यु भएको हो । पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएका छन्। सात जना घाइते भएका छन्।
एसपी सन्तोष भट्टराईले घटनास्थलसम्म पुग्ने बाटो अवरुद्ध भएकाले प्रहरीको टोली पुग्न नसकेको बताए ।
Comment