पाकिस्तानका लागि नेपाली राजदूत अधिकारी र रेहमानबीच भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र पाकिस्तानी समितिकी विदेश विभाग प्रमुख शेरी रेहमानबीच इस्लामावादमा भेटवार्ता भएको छ । 

भेटवार्ताको दौरान नेपाल–पाकिस्तान सम्बन्ध, सार्क तथा क्षेत्रीय सहयोगको विषयमा कुराकानी भएको नेपाली राजदूत अधिकारीले जनाएका छन् । भेटवार्तामा दुवै पक्षले नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझै मजबुद बनाउने प्रतिबद्धता जनाएका थिए । 

भेटमा संसदीय भ्रमण, व्यापार, पर्यटन, लगानी, संस्कृति र जनताहरुबीच भ्रमण गराउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए ।  भेटमा रेहमानले आफूले नेपाल भ्रमणका बेला गरेको अनुभव पनि सुनाएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।