जसपाको दुवै पक्ष निर्वाचन आयोगमा पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को दुवै पक्षका नेताहरू निर्वाचन आयोगमा पुगेका छन्। 

पार्टीभित्र देखिएको विवाद समाधानका लागि आयोगले दुबै पक्षलाई छलफलमा बोलाएपछि नेताहरु आयोग पुगेका हुन् । 

छलफलमा महन्थ ठाकुर पक्षका महन्थसहित राजेन्द्र महतो, उमाशंकर अरगरिया, लक्ष्मणलाल कर्ण र सुरेन्द्र झा सहभागी छन् भने उपेन्द्र यादव पक्षबाट उपेन्द्रसहित महेन्द्रराय यादव, राजेन्द्र श्रेष्ठ र प्रकास अधिकारी लगायत नेताहरु आयोगमा पुगेका छन्। 

अध्यक्ष यादवले पार्टीको आधिकारिकताका लागि आयोगमा निवेदन दिएका थिए। त्यसपछि आयोगले ठाकुर पक्षसँग जवाफ मागेको थियो। ठाकुर पक्षको जवाफ आएपछि आयोगले दुवै पक्षलाई छलफलका लागि बोलाएको हो। 

यसअघि पनि दुवै पक्षले एक-अर्कालाई कारबाही गरिएको जानकारी दिँदै दल दर्ता किताबमा अद्यावधिक गर्न निवेदन दिएका थिए। तर, आयोगले प्रक्रिया नपुगेको भन्दै दुवै पक्षले गरेको कारबाहीलाई मान्यता दिएको थिएन। 

यस पटक भने यादव पक्षले बहुमत केन्द्रीय कार्यकारिणी समितिको बैठक बसालेर कारबाही गरेका थिए। ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव पक्षको बहमत छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।