आज पनि एमाले कार्यदलको बैठक बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा हिजो भएको छलफललाई निरन्तरता दिइने नेताहरुले बताएका छन् ।

विवाद चर्किन थालेपछि एमालेले कार्यदल बनाएको थियो। बीचमा निस्क्रिय रहेको कार्यदललाई सोमबारबाट पुनः सक्रिय बनाइएको हो।

सोमबार पनि कार्यदलको बैठक बसेको थियो। सोमबारको बैठकमा अहिलेसम्म भएका कामकारबाहीका विषयमा छलफल भएको जनाएको छ। 

एमाले एकताका लागि गठन भएको कार्यदलमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट संयोजक सुवास नेम्वाङ तथा सदस्यमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन्। 

त्यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट संयोजक भीम रावल तथा सदस्यमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।