काठमाडौं । काठमाडौंमा आजदेखि कोराना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा खोप लगाइने भएको छ।
गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले आज असार २२ देखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।
भेरोसेलको दोस्रो मात्रा लगाउन आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म जानुपर्नेछ। पहिलो मात्राको खोप लगाएको कार्ड साथैमा लिएर आउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।
सरकारले गत जेठ २५ देखि २९ सम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो।
Comment