मनसुनजन्य प्रकोपले क्षति पुर्‍याएका निजी आवास सरकारले बनाइदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  । गृहमन्त्री विष्णु पौडेलले मनसुनजन्य विपदबाट क्षति भएका घरको सरकारले पुनर्निर्माण गरिदिने बताएका छन् । 

राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री पौडेलले विपद प्रभावित निजी अवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम यो वर्ष मनसुनजन्य घटनाबाट क्षति भएका घरको पुननिर्माण सरकारले गरिदने बताएका हुन् ।

उनले मनसुन सुरु भएयता ५ सय ५ निजी घर पूर्णरुपमा क्षति भएको जानकारी दिए । यस्तै ३६ सरकारी कार्यालय, ९ विद्यालय तथा सामुदायिक भवन, १५ वटा पक्की मोटरेवल पुल, २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको बताए ।

मेलम्ची खानेपानी आयोजनामा जाने सडकमा क्षति पुगेकाले २ वटा बेलिब्रीज राख्ने तयारी गरिएको उनले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।