राष्ट्रियसभा बैठकमा गृहमन्त्री विष्णु पौडेलले सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रियसभाको आठौं अधिवेशनअन्तर्गत आइतबार बस्ने दोस्रो बैठकमा उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा गृहमन्त्री पौडेलले सम्वोधन गर्ने भएका हुन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची छ । यद्यपि,प्रधानमन्त्री आफैं भने बैठकमा उपस्थित नहुने बुझिएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्य रिक्तको जानकारी गराउनेछन् ।

प्रधानमन्त्री ओलीले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६/७७’ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन, २०७७/७८ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

यसअघि असार १७ गते आठौं अधिवेशनको पहिलो बैठक बसेको थियो । बैठक नयाँ वानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे तय गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।