सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ ।

अध्यक्ष बर्माको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उपाध्यक्ष यादवका अनुसार लामो समयदेखि क्षयरोगबाट पीडित ७० वर्षीय अध्यक्ष बर्माको स्वास्थ्यमा अत्यधिक समस्या देखिएपछि यही असार १४ गते मेडिसिटी हस्पिटल भर्ना गरिएको थियो। तर उपचारका क्रममा शनिबार राति १२ बजे उनको निधन भएको हो। 

अध्यक्ष बर्माको शव घर ल्याउने तयारी भइरहेको र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिने बताइएको छ। बर्मा २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट रामनगर गाउँपालिका अध्यक्षमा विजयी भएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।