काठमाडाैं । भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गरेको छ।
असार १४ गते सोमबार बसेको मन्त्रिपरिद् बैठकले यस्तो निर्णय गरेको हो। थापाले नेपाल-अंग्रेज युद्धमा वीरता प्रदर्शन गरेका थिए। विसं १७९८ मा लमजुङमा जन्मिएका थापा नेपाल(अंग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए।
उनी पहिले लम्जुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरै पटक युद्ध लडेका थिए।
गोरखा (नेपाल) सँगको अन्तिम युद्धमा पराजित भई युद्धबन्दीका रूपमा काठमाडौं पुगेको करिब एक वर्षपछि उनी नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न भएका थिए।
त्यस्तै शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्ष डा. अर्जुन कार्की नियुक्त भएका छन् । फेवा तालको चार किल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिको म्याद थपेर साउन ३१ सम्म पुर्याइएको उनले जानकारी दिए ।
यसैगरी पछिल्ला दुई आर्थिक वर्षमा हरेक वर्ष कम्तिमा सय जना कामदार पठाउन नसकेका इजाजतप्राप्त म्यानपावर कम्पनी संस्था नविकरण गर्न आएमा नविकरण गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता वसन्तकुमार नेम्वाङ्गले जनाकारी दिए ।
Comment