हुलाक सेवा विभागका चिठ्ठीपत्र ओसारपसार अब नेपाल एयरलाइन्सबाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच अन्तराष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसारपसारका लागि सम्झौता भएको छ ।

निगमको महाप्रबन्धक डिमप्रसाद पौडेल र हुलाक सेवा विभागको तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै अब अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसार प्रसार निगमका जहाजले गर्नेछ । यसअघि थाई एयरले यो कामको जिम्मा पाएको थियो ।

नयाँ सम्झौता अनुसार सन् २०२१ जुलाई १ देखि लागू हुनेछ । हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यमा अब निगम मार्फत मात्र सामान तथा चिठ्ठीपत्र ढुवानी हुने भएका हुन् ।

नयाँ सम्झौताले विदेशी हवाई सेवा कम्पनीहरुलाई भुक्तानी भइरहेको करोडौं रुपैया देश भित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।