कोरोना खोप लगाएर विदेशबाट फर्किनेहरू सीधै घर जान पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोनाविरुद्धको पूरा डोज लगाएर हवाई मार्ग हुँदै नेपाल आउने यात्रु अब सीधै घर जान पाउने भएका छन् ।

त्यसको लागि विदेशबाट आउने प्रत्येक यात्रुले ७२ घण्टाभित्र गरिएको पीसीआर परीक्षणको नेगेटिभ नतिजा आएको हुनुपर्नेछ ।

खोप लगाएर आएकाहरुलाई सिधै घर जना दिने र सेल्फ क्वारेन्टिनमा बस्नेगरि संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयले विदेशबाट नेपाल आगमन हुने व्यवस्था सम्बन्धी आदेश २०७८ जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

कोरोनाका कुनै पनि लक्षण नदेखिएका तर, खोप नलगाएका यात्रुलाई सात दिनसम्म निजले बुक गरेको वा सरकारले तोकेको होटलमा बस्नु पर्नेछ ।

व्यवस्था अन्तर्गत ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका बालबालिकाको हकमा भने एन्टिजिन परीक्षण गरी परिक्षण नेगेटिभ आएमा कम्तीमा १० दिन स्थानीय तहको अनुगमनमा ‘होम क्वारेन्टिन’ बस्नेगरी पठाउन सक्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।