कांग्रेसले सार्वजनिक गर्‍यो थप ६ जिल्लाका क्रियाशील सदस्यको नामावली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले थप ६ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ।

शनिबारको बैठकको निर्णय अनुसार पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्र अनुसारको प्रक्रिया पुर्याई विवादरहित तरिकाले क्रियाशील सदस्यता सम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप ६ जिल्लाका ९ निर्वाचन क्षेत्रको नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि नेपाली कांग्रेसको आधिकारिक वेवसाइटमा सार्वजनिक गरिएको कांग्रेसले जनाएको छ । 

सदस्य सचिव रिजालका अनुसार सप्तरीका चारै निर्वाचन क्षेत्र, भोजपुर, धनुषा-१, काभ्रे-१, रुकुम पश्चिम र प्युठानको नामावली वेबसाइटमा राखिएको हो। सार्वजनिक गरिएका उल्लिखित क्षेत्र र जिल्लाका नाममा उजुरी, गुनासा वा सुझाव भए समितिको नाममा रहेको पार्टीको आधिकारिक इमेल ठेगाना पठाउन असार १७ गतेसम्मको समय समितिले दिएको छ।विवाद समाधान समितिले ५० जिल्लाको क्रियाशील सदस्यको टुंगो लगाइसकेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।