कांग्रेस महाधिवेशन : पौडेलले बोलाए आफू निकट नेताहरुको छुट्टै बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनबारे रणनीति बनाउन आफ्नो पक्षका नेताको बैठक बोलाएका छन्।

पार्टीको १४औं महाधिवेशन नजिकिँदै गर्दा नेता पौडेलले आफूनिकट नेताहरुसँग छलफल गर्नको लागि बिहिबार(आज) दिउँसो २ बजे बैठक बोलाएका हुन ।

बैठक दियालो फूडल्याण्डमा हुने पौडेल निकट स्रोतले जानकारी दिएको छ ।

काँग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म हुँदैछ। सभापतिका आकांक्षी सभापति शेरबहादुर देउवाले सातै प्रदेशका आफू निकट नेताहरुसँग प्रदेशस्तरीय छलफल गरिसकेका छन्। उता अर्का अकांक्षी विमलेन्द्र निधिले पनि छलफललाई तिब्रता दिएका छन्। उनले सोमबार आधा दर्जन युवा नेताहरुसँग छलफल गरेका थिए। उनले महामन्त्री डा। शशांक कोराइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहसँग पनि छलफल गरेका छन्।

काँग्रेसमा कम्तिमा ९ जना नेताहरु सभापतिका आकांक्षी छन्। अहिले देउवा र निधि निकै सक्रिय देखिएका छन्।

यसपटक पौडेलले आफ्नो तर्फबाट सहमतिमै सभापति उठाउने तयारी गरेको स्रोतले जानकारी  दिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।