मेलम्ची र इन्द्रावतीको बाढीले मेलम्ची बजारका घर पुरे, करिब ५० जना वेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चाेक । मंगलबारदेखि भएको अविरल बर्षाका कारण मेलम्ची बजार डुवानमा परेको छ ।

बाढीपछि जमेका बालुवायुक्त माटोले घरका दोस्रो तलासम्म ढाकेको छ । बाढीले जिल्लाभर ५० औँ जना भन्दा धेरै मानिस सम्पर्कविहीन भएको सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले जानकारी दिएका  छन । 

मन्त्री तामाङका अनुसार ग्याल्थुममा रहेकाे ट्राउट फर्म, रिसाेर्ट तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बाढीले क्षतबिक्षत बनाएको छ ।

यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल समेत बाढीले बगाएको तामाङले जानकारी दिए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।