काठमाडौं । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा ७ दिन थप भएको छ । सीमित क्षेत्रमा खुकुलो ‘मोडालिटी’सहित यही असार ७ गतेसम्म थप भएको हो ।
काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकलेले आइतबार निषेधाज्ञा असार ७ सम्म लम्ब्याउने निर्णय गरेको हो ।
आजबाट स्तक पसल, हार्डवेयर पसल, अनलाइन डेलिभरी र होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न दिने भएको छ। त्यस्तै खाद्यान्नका पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइने छ।
शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ ।
अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि सञ्चालन गर्न पाइनेछ ।
यस अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकूदका गतिविधि भने अझै खोल्न पाइने छैन ।
निर्माण सामग्री ढुवानीका लागि सवारी–साधन राति ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेलगायत व्यवस्था गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी निषेधाज्ञा पढ्नोस् :





Comment