गण्डकीका राजमो सांसद थापा फेरि कारबाहीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा  फेरि कारबाहीमा परेका छन्। शुक्रबार सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभामा उनलाई कारबाही गरिएको पत्र पढेर सुनाएका हुन्। राजमोले गरेको कारबाही पत्र सभामुखले पढेर सुनाएका हुन्।

पहिलो पटक प्रदेश सभाबाट निलम्बित सांसद थापालाई सर्वोच्च अदालतले गत जेठ २३ गते पुनरबहाली गर्न अन्तरिम आदेश दिएको थियो। हाल उनको मुद्दा अदालतमा विचाराधीन छ। पार्टीको ह्विप पालना नगरेको भन्दै कारबाहीमा परेका थापालाई अहिले पनि सोही कारण देखाउँदै कारबाही गरिएको हो।

आज सभामुखले गण्डकी प्रदेश सभामा कुनै बिजनेस नभए पनि बैठक बोलाएका थिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।