काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। आफ्नो निवास बूढानीलकण्ठमा शनिबार २ बजे बैठक बोलाएका हुन् ।
पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा छलफल बैठक बोलाएएको सभापति देउवाको स्वकीय सचिव भानु देउवाले जनाएका छन् । बैठकमा कोरोना महामारी र राष्ट्रिय राजनीतिबाट उत्पन्न प्रतिकूलताबीच महाधिवेशन गर्ने विकल्पको खोजी हुने बताइएको छ ।
कांग्रेसको महाधिवेशन आगामी भदौभित्र गर्नु संविधानतः बाध्यतामा रहेको छ । काँग्रेसले भदौ ७–१० का लागि १४औँ महाधिवेशनको मिति तोकेको भएपनि अहिलेसम्म कार्यतालिकाअनुसार काम भएको छैन ।
Comment