काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खोप अभाव भएको जनाई कोभिड-१९ विरुद्धको चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकेको छ ।
काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै खोप अभियान स्थगित जानकारी गराएको हो ।
स्वास्थ्य मन्त्रालयले खोप नदिने भएपछि काठमाडौं महानगरपालिकाको ३२ वटा वडामा सञ्चालन भइरहेको कोभिड खोप अभियान स्थगित गरेको जनाएको छ ।
तीन दिनदेखि सञ्चालन भइरहेको खोप अभियानमा ६० देखि ६४ बर्षका करिब २८ हजारले खोप लगाएका छन्।
Comment