काठमाडौ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ९दीपक मनाङे०ले पदबाट राजीनामा दिएका छन् ।
प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार सदनमा विश्वासको मत गुमाए पछि मनाङेले पदबाट राजीनामा दिएका हुन्। मुख्यमन्त्री गुरुङको विपक्षमा उभिएका मनाङे प्रदेश सभा बैठकमा अनुपस्थित थिए।
राजीनामा पत्रमा उनले विश्वासको मत नपाएको सरकारका मन्त्री हुन नैतिकताले नदिएकै कारण आफुले राजीनामा दिएको उल्लेख गरेका छन् ।
राजीनामा पत्रमा मनाङेले प्रदेश सभालाई विघटनमा जान नदिनका लागि पनि आफूले विपक्षी गठबन्धनलाई साथ दिने निर्णय गरेको उल्लेख गरेका छन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहिबार साँझ मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेको पत्रसमेत सार्वजनिक भएको छ ।
युवा तथा खेलकुद मन्त्रीबाट वैशाख २६ मा राजीनामा गरेका मनाङे पुनः जेठ ५ गते संसद्मा सहभागी ठूलो दलको नेताको हैसियले मन्त्री बनेका थिए ।
Comment