थप ५१५३ जनामा कोरोना संक्रमण पुष्टी, ६५७० जना संक्रमण मुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५१५३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा भएको परीक्षणमा १२ हजार ६५ जनाको पिसिआरमा ३८७० जना र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा १२८३ जना संक्रमित पुष्टी भएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४पुगेको छ । पछिल्लो २४ घण्टामा ६५७० जना कोरोना मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४ हजार ५३० जना पुगेको छ । भने देशभर संक्रिय संक्रमितको संख्या ८२ हजार७३६ जना रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।