नागरिकता अध्यादेश विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा शुक्रबार सुनवाइ नसकिएपछि हेर्दाहेदैमा गएको छ । उक्त अध्यादेशविरुद्ध परेको ६ रिटमध्ये शुक्रबार ४ वटामा मात्र सुनवाइ भएको छ भने २ वटा हेर्दाहेर्दैमा गएको हो । 

यो रिटमाथि सुनवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए । जबराको अध्यक्षतामा गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् । 

प्रतिनिधिसभा विघटन गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जेठ ९ गते जारी गरेकी थिइन् । अध्यादेश जारी भएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट दायर भएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।