थप ५३१६ जनामा संक्रमण, ७२१९ जना संक्रमण मुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप आज ७ हजार २१९ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमुणमुक्त हुनेको कुल संख्या ४ लाख ६१ हजार ५६३ पुगेको छ ।

त्यस्तै बुधबार ५ हजार ३१६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पिसिआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्पmन ५ हजार ५२४ जना र एन्टीजेटमाफर्त ७९२ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर एक लाख १ हजार ९९३ जना संक्रमित रहेकोमा संस्थागत आइसोलेसनमा ६ हजार ८६२ जना र होम आइसोलेसनमा ९५ हजार १३१ जना संक्रमित रहेका छन्ख।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।