चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये आज ९ लाख खोप ल्याइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज खोप आज मंगलबार नेपाल आइपुग्दै छ । 

चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये ८ लाख डोज आज काठमाडौं आइपुग्ने भएको हो ।

सोमबार राति ११ बजे बेइजिङका लागि उडेको वाइड बडी जहाज दिउँसो साढे २ बजे खोप लिएर फर्किनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको बुधवार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवाद गरेर नेपाललाई खोप दिएर सहयोग गर्न अनुरोध गरेकी थिइन् ।

राष्ट्रपतिको आग्रहलाई स्वीकार्दै चिनियाँ राष्ट्रपति सीले तत्कालै १० लाख डोज खोप अनुदानमा दिने र नेपालले खरिद गर्ने खोपका लागि पनि सहजीकरण गर्ने बचन दिएका थिए । नेपालले चीनमा उत्पादित भेरोसेल खोपलाई प्रयोगको अनुमति दिएको छ ।

यसअघि चीनले दिएको ८ लाख डोज खोप प्रयोगमा आइसकेको छ । सरकारले अनुदान बाहेक भेरोसेल खोप खरिदका लागि पनि कूटनीतिक पहल गरिरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।