सुदूरपश्चिमका ६ मन्त्री र एक सांसदलाई कारबाही गर्न एमाले प्रदेश कमिटीको सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेकपा (एमाले) प्रदेश कमिटीले सुदूरपश्चिम सरकारमा सहभागी आफ्ना ६ मन्त्री र एक जना सांसदलाई कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिश गरेको छ। 

एमाले प्रदेश कमिटीले २४ घण्टे स्पष्टीकरण सोधेका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज तथा सचेतक दुर्गाकुमारी कामीलाई कारबाही गर्न केन्द्रमा सिफारिश गरेको हो।

पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै पार्टीले उनीहरुलाई कारबाहिका लागि सिफारिस गरेको हो । 

यस्तै एमालेको प्रदेश कमिटिले यसअघि प्रदेश संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलार्ई पनि साधारण सदस्य नरहनेगरी निष्कासन गर्न सिफारिस गरिसकेको छ ।

यस्तै प्रदेशसभामा रहेका १० जना सांसदमाथि कारबाही प्रक्रिया अघि बढिसकेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।