६७१४ जना कोरोना संक्रमित थपिए, ६७१६ जना संक्रमण मुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६७१४ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ९३० जनाको पिसिआर विधिबाट ६६७७ र ३२२ जनाको एन्टीजेन परीक्षणमा ३७ जना संक्रमित पुष्टि भएका हुन्।

यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख ३५ हजार ५२५ पुगेको छ । देशभर ६ हजार ७१६ जना संक्रमित निको भएका छन्।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ४ लाख ११ हजार ६०३ पुगेको छ । पछिल्ले २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ ।

हालसम्म मृतकको संख्या ६ हजार ८४५ पुगेको छ भने संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।