प्रधानमन्त्रीलाई विश्वप्रकाशको जवाफ : ‘सौ चुहे खा के बिल्लि चलि हज को´ भन्ने कहावत ओलीकै लागि बनेको रहेछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दललाई प्रचण्डपथमा लागेको आरोप लगाएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसमाथि टिप्पणी गरेका छन्। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले  आज बिहान ट्वीटमार्फत ओलीको आरोपमाथि टिप्पणी गरेका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को पथमा नेपाली कांग्रेस लागेको आरोप प्रधानमन्त्री ओलीले आइतबार लगाएपछि प्रवक्ता शर्माले सोमबार बिहानै ट्वीटरमार्फत् प्रतिक्रिया जनाएका हुन् । 

प्रधानमन्त्री ओलीले विगतमा प्रचण्डसँग पार्टी एकता निकै गौरवसँग गरेको बताउँदै प्रवक्ता शर्माले आज मुद्दामा मात्रै कांग्रेसका कुरा प्रचण्डसँग मिल्दा प्रचण्डपथमा पो लाग्यो ? प्रश्न गरेका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।